Logo

स्याङ्जामा आमा–छोरा कालीगण्डकी नदीमा बेपत्ता

स्याङ्जा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–४ की श्यामकला पाण्डे (२७) र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे कालीगण्डकी नदीमा बेपत्ता भएका छन्। बुधबार बिहान सवा १० बजे घरबाट अस्पताल जान्छु भनी निस्किएकी श्यामकला सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। नदी किनारमा रहेको प्रतिक्षालयमा उनको झोला, मोबाइल, चप्पल र छोराको जुत्ता…