पर्सा । स्रोत नखुलेको नगदसहित पर्साबाट तीनजना पक्राउ परेका छन्। पर्सा प्रहरीले मंगलबार छुट्टाछुट्टै स्थानबाट २८ लाख २८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३ का २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार रहेका छन्। प्रहरीका अनुसार वर्णवालको…