जनकपुर । धनुषाको एभरेष्ट पेपर मिलका मजदुरहरू पुनः आन्दोलित भएका छन् । विगत डेढ वर्षदेखि तलब÷सुविधा नपाएको भन्दै उनीहरु मिलका सञ्चालक ओम सर्राफको जनकपुरधामस्थित घरअगाडि प्रदर्शन गरेका छन् । तीन सूत्रीय माग राख्दै उनीहरु विगत २ दिन देखि प्रदर्शन गर्दैछन् । प्रदर्शनमा सहभागी मजदुरहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा २०८१ साल पुस २१ गते भएको त्रिपक्षीय…