काठमाडौं । आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। गत ११ फागुनमा घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडी निवासी हिमराज रोका मगर र पिरम रोकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको…