Logo

Breaking News 1

बागमती प्रदेश सरकारबाट आज सरकार छाड्ने तयारीमा एमालेका मन्त्री !


१० चैत्र २०७९, शुक्रबार  

690
Shares

हेटौँडा । बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री आज सरकार छाड्ने तयारीमा जुटेका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारीमा रहेको हो ।

केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा रहेको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए । सत्ता बाहिर बस्ने निर्णयमा पुगेको एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्रोतको दाबी छ ।

यता, एमाले बागमती संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले आजको बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने बताए ।

‘हामीले बुधबार नै सरकार छाड्ने तयारी गरेका थियौं। बैठक बस्न नसकेपछि राजीनामा नदिएका हौं । आज बैठक बसे आजै राजीनामा दिन्छौं’, थपलियाले भने ।

बागमती सरकारमा एमालेबाट थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : १३ बजे