पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ। उनलाई समर्थन गरेका…