Logo

कोशी

प्रदेशलाई बलियो बनाउन सबैको योगदान आवश्यक’



विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले राजनीतिक दल र जनताले प्रदेशको विषयमा अनेकन प्रश्न उठाइरहेको भन्दै प्रदेशलाई बलियो बनाउन सबैले लाग्नुपर्ने बताएका छन् ।

आइतरबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले प्रदेशका सम्बन्धमा उठेका प्रश्न र धारणालाई चिर्नका लागि पत्रकारसहित सबैले भूमिका खेल्नुपर्ने बताए ।

सबैको प्रयत्नले मात्र प्रदेशलाई बलियो बनाउन सकिने भन्दै सभामुख बिष्टले यसका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

‘प्रदेशको औचित्य पुष्टि गर्न पत्रकारले पनि भूमिका खेल्नुस्’ उनले भने, ‘यसमा हाम्रो सहयोग रहन्छ ।’ उनले निर्धक्क भएर समाचार लेख्न समेत आग्रह गरे ।

संसदका गतिविधि र पारदर्शिता बारे निर्धक्क लेखेर सहयोग गर्न उनले आग्रह गरे ।

संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुईटेलले संस्थाको विषयमा र प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले संसदको विषयमा सभामुखलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : २५ बजे