बुटवल । लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो ।…