Logo

प्रदेश

लुम्बिनी प्रदेशसभाले माघ ३ गते सभामुख र उपसभामुख निर्वाचन हुने



रुपन्देही । लुम्बिनी प्रदेशसभाले माघ ३ का लागि सभामुख र उपसभामुख निर्वाचन तालिका सार्वजनिक गरेको छ । सुरूमा सभामुख र त्यसपछि उपसभामुखको चुनावको तयारी छ ।

माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ । सोही दिन साढे बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ। माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले सभामुख पाउनेछ भने राप्रपाले उपसभामुख पाउनेछ । माओवादीबाट तुलाराम घर्ती ‘वसन्त’ र दीपेन्द्र पुन ‘सिजन’ दाबेदार छन् । उपसभामुखमा राप्रपाकी मेनुका खाण आकांक्षी छन् ।

यहाँ एमालेले मुख्यमन्त्री पाएको छ ।

सत्ता पक्षको स्पष्ट बहुमत भएकाले विपक्षी दलले उम्मेदवारी बनाउने विषयमा निधो गरिसकेको छैन । कांग्रेस सांसद वीरबहादुर रानाले उम्मेदवारीका विषयमा छलफल गर्न बाँकी रहेको बताए । ‘अझै समय छ, के गर्ने भन्ने विषयमा तयारी गरिएको छैन, प्रदेशसभाबाको निर्वाचन तालिका हेरेर आवश्यक निर्णय लिन्छौं,’ उनले भने ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४५ बजे