काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा काम गर्ने कर्मचारीका लागि १४ बुँदे निर्देशन जारी गरेको छ। आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन सरकारले १४ बुँदे निर्देशन जारी गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरेका छन् । मुख्यमन्त्री आचार्यले आर्थिक अनुशासन र…