सुर्खेत । जिल्ला अस्पातल मुगुलाई १५ शय्याबाट ५० शय्याको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेस गरिएको छ । जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री शाहीलाई अस्पतालको स्तरवृद्धि १५ शय्याबाट ५० शय्या बनाउन पहलको लागि ज्ञापनपत्र बुझाएका हुन् । २०६३ सालबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवाबाट…