Logo

कर्णाली प्रदेश

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित



काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

सोमबार भएको मतगणनामा मीनबहादुर शाहीलाई पराजित गर्दै शाह अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले ३६९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शाहीले २०७ मत प्राप्त गरे।

अध्यक्ष पदकै उम्मेदवार प्रकाश रोकायले भने ४ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा जुम्लाका टेकराज पछाईं निर्वाचित भएका छन् । सचिवमा ध्रुबकुमार शाही निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ०५ बजे