Logo

कर्णाली प्रदेश

आफ्ना खेलाडीका लागि पहिचानसहितको पोशाक दर्ता गराउँदै कर्णाली


३ फाल्गुन २०८०, बिहिबार  

0
Shares

काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्नै पोशाक दर्ता प्रक्रिया अघि बढाएको छ । प्रदेशले आफ्ना खेलाडीका लागि अलग्गै पहिचानसहितको पोशाक तयार गरी राष्ट्रिय खेलकूद परिषद्मा दर्ता गर्न लागेको हो ।

परिषद्ले प्रदेशका खेलाडीले १० औँ राष्ट्रिय खेलकूदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताको प्रक्रियाका लागि बुधबार राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ककसदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : १६ बजे