कोशी । कोशी प्रदेश सरकारले बजेट अध्यादेश जारी गरेपछि १३ दिनदेखिको बजेट शून्यताको अवस्था अन्त्य भएको छ । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेपछि शून्यताकाे अवस्था अन्त्य भएकाे हाे । शुक्रबार नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोही दिन बजेट अध्यादेश जारी गर्ने निर्णय गराएका थिए । सरकारले सिफारिस गरेका कोशी…