जनकपुरधाम । जनकपुरधाम २३ स्थित शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।…