मुगु । हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीको माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित भएका छन् । मुगुमा कुल खेतीयोग्य ३१ हजार १० हेक्टर क्षेत्रफल जमिनमध्ये करिब १७ हजार हेक्टर जमिन स्याउखेतीका लागि उपयुक्त भए पनि हालसम्म ७ सय हेक्टरमा मात्र स्याउखेती भइरहेको…