काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सोमबार सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको थियो । आयोगले सातै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमार्फत् मंगलबार उम्मेदवारहरूविरुद्ध उजुरी दिन सूचित गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा…