रौतहट । नेपाल मगर संघको ४३ औँ स्थापना दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालीकाले एक दिन सार्वजनिक बिदा दिने भएको छ । चन्द्रपुर नगरपालीकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरिय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन । नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१÷११÷१५ गतेका दिन स्थानीय पर्व बिदा दिइएको सूचनामा भनिएको छ …