वीरगन्ज । पर्सा जिल्लामा फैलिएको हैजा रोगको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न आइतबारदेखि हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । पर्साको प्रमुख जिल्ला अधिकारी तोयनारायणी सुवेदीलाई पहिलो खोप खुवाई अभियानको सुरुवात गरिएको हो । जन स्वास्थ्य कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको एक समारोहका बीच प्रजिअ सुवेदी, सुरक्षा निकाय, प्रमुख सरकारी कर्मचारी…