काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक पुस्तकालयको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले प्रविधिको विस्तारसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गरे। उनले युवालाई प्रविधियुक्त पुस्तकालयसँग जोड्न यस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताए। मुख्यमन्त्री बानियाँले सार्वजनिक पुस्तकालयलाई…