काठमाडौँ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा…