बुटवल । रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । ुहामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्यौँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः…