Logo

लुम्बिनी प्रदेश

रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए



बुटवल । रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । ुहामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्‍यौँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं, उनले भने ।

बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं. १९ का  १२ र मायादेवी गाउँपालिका वडा नं. ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए । लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए । हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ, उनले भने ।

जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए  ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ०८ बजे