काठमाडौं । चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् । उनीहरुले होली पर्वमा रमाइरहेका नेपालीहरुको फोटो खिचेर रमाइलो पनि गरे । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएका हुन् । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा…