धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही क्षेत्रमा बिहीबार साँझ सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। झडपमा परी सातजना सशस्त्र प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वजरुणबहादुर सिंहका अनुसार नेपाल–भारत सीमानजिक दुहबी क्षेत्रमा साँझ ७ बजे झडप भएको हो। “सात जना सशस्त्र प्रहरी घाइते भएका छन्, उनीहरूको अवस्था सामान्य छ,”…