Logo

समाचार

सर्वोच्चमा कानुन दिवसको चियापान, राष्ट्रपतिसँगै उच्चपदस्थ सहभागी



काठमाडौं । सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : १९ बजे