Logo

मुख्य समाचार

रास्वपा संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम—२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ४५ बजे