Logo

कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सले मनायाे २३औँ वार्षिकोत्सव



काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ । देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी कम्पनीले आफ्नो २३औँ वार्षिकोत्सव मनाएको हाे ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखा कार्यालयबाट वृक्षरोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू गरेकाे छ ।

त्यस्तै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : १० बजे