Logo

अर्थ

सुनको मूल्य सामान्य बढ्याे



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ४९ बजे