Logo

मुख्य समाचार

नेपाल आइपुगिन जापानकी विदेशमन्त्री



काठमाडौ । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन् ।

आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी हुन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । विदेशमन्त्री नियुक्त भएपछि योकाको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने र आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल–जापान सम्बन्धको ६८ बर्ष लामो इतिहासमा विदेश मन्त्रीको यो चौथो नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जापानीज मन्त्रीको भ्रमणका क्रममा कुनै किसिमको सहमति र सम्झौता भने हुनेछैन ।

भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ०७ बजे