Logo

अर्थ

बढ्यो डलर, युरो र पाउण्डको भाउ



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भैरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो । आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा पुगेको छ ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा र बिहीबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसामा कारोबार गरिएको थियो । आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ०२ बजे