Logo

मुख्य समाचार

‘प्रत्येक वडामा वृद्धहरुका लागि मिलन केन्द्र आवश्यक’



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयले आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सवालहरु विद्यमान अवस्था र समस्या र बुढ्यौैली व्यवस्थापनमा विकास भएका नजिन अवधारणाबारे अन्तरक्रिया कार्यक्रममा उनले, दिनभरी एक्लै घरमा बस्दा मानसिक रोगको सिकार हुने भएकाले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘समाजमा वृद्धहरुले बुढेसकालमा आफ्नो थलो छोडेर हिड्नुपर्ने अवस्था छ । त्यहाँबाट बाहिर आइसकेपछि पनि सहर बजारमा बसेपनि छोरा छोरी बुहारीको साथमा छैनन् । त्यो अर्को समस्या छ । दिनभरी एक्लै घरमा बस्दा कस्तो असर पर्छ । त्यस्तो अवस्थामा प्रत्येक पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुलाई बस्ने दिउसो भेटघाट गर्ने मिलन केन्द्र बनाउन पायो भने राम्रो हुन्छ । मानसिक रोगबाट कसरी जोगाउन सकिन्छ । त्यसलाई महत्वपूणर् रुपमा छलफल गरौं ।’

उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ ।

उनले भने,‘कतिपय व्यवहारको कुराले पनि हाम्रो समुदायमा रहेका हाम्रो बुढापाकाहरुलाई सम्मान गरौं । यसले बुढेसकालमा आउने समस्याहरु बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार गर्ला कि भन्ने लाग्छ मलाई ।’

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १२ : २४ बजे