Logo

मुख्य समाचार

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति



काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाईते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरु पनि जलेर नष्ट भएका छन् । यी स्थानहरुमा भने आगो नियन्त्रणमा आईसकेको छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ ।

६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आईनसकेको आचार्यले बताईन् ।

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भैरहेको उपसचिव आचार्यले नेपाल न्यूज बैंकसँग बताईन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ३० बजे