Logo

मुख्य समाचार

नेपाल-चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी



काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको बताएका छन् ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं नेपाल-चीन व्यापार मेलाको समुद्घाटन कार्यक्रममा उनले चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको भन्दै नेपाल सदैव एक चीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता एवम अखण्डताप्रति मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।

‘नेपाल र चीनको स्वशासित क्षेत्र हिमालको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रो व्यवसायिकहरुको कारण दुईपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमाल जस्तै अटल बनाएको छ । वस्तु विनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र सिचाङबिचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’उनले भने,‘‘नेपाल र चीन सदैव सुःख दुःखमा साथ दिने अनन्य मित्रको रुपमा छन् । चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको छ । नेपाल सदैव एकचीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिबद्ध रहेको छ ।’

उनले दुइ देशबिच व्यापार प्रवद्र्धन गर्ने महत्वपूणर् औजारको रुपमा रहेको भन्दै यस्तो व्यापार मेलाले दुई छिमेकी देशहरुबीच व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तब्य पहल्याउन फलदायी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : २८ बजे