Logo

अर्थ

सुनको मूल्य घट्याे



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ हजार ६६५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ०५ बजे