Logo

मनोरञ्जन

‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण वेपत्ता



काठमाडौं । भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा ‘रोशन सिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट वेपत्ता भएका छन् । उनी दिल्ली एयरपोर्टबाट वेपत्ता भएको परिवारले जनाएका छन् ।

परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए । तर उनी न मुम्बई पुगे, न त घर नै फर्किए । उनी वेपत्ता भएपछि गुरुचरणका बुवाले प्रहरीमा छोराको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएका छन् ।

बुवाले प्रहरीमा दर्ता गराएको निवेदनको डिजिटल कपी सार्वजनिक भएको छ । ‘मेरो छोरा गुरुचरण सिंह, उमेर ५० वर्ष, २२ अप्रिल बिहान ८ः३० बजे मुम्बई जानका लागि निस्किएका थिए । उनी फ्लाइट लिन एयरपोर्टमा पुगेका थिए । उनी न त मुम्बई पुगे न त घर नै फर्किए । उनको फोनमा सम्पर्क हुन सकेको छैन । उनी मानसिक रुपले स्थिर छन् र हामी उनको खोजी गरिरहेका छौं । तर ऊ वेपत्ता छ’, निवेदनमा भनिएको छ ।

गुरुचरणले पिताको स्वास्थ्य समस्याका कारण टेलिभिजन शो छोडेका थिए । उनी टेलिभिजन शो छोडेर परिवारतिर ध्यान दिन चाहन्थे । उनले शो छोडे पछि नयाँ कलाकारको प्रवेश भए पनि उनको अभिनयलाई दर्शकले मनपराउन सकेका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : १९ बजे