Logo

अर्थ

लगानी सहजीकरणका लागि राष्ट्रपतिबाट अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

तेस्रो लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो ।

संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ०८ बजे