Logo

निर्वाचन विशेष

इलाम—२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै



इलाम । शनिवार उपनिर्वाचन भएको इलाम—२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ, उनले भने, बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।

इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ ।

चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो ।

यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ०६ बजे