Logo

अर्थ

राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव : गर्भनर अधिकारीले सुनाए नालीबेली


१४ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा अस्थिरताको अवस्था रहेको उल्लेख गरे । उनले वितेको बर्ष बाहिए क्षेत्रमा सुधार भई विदेशी विनिमय संचिती सहज राख्न, भुक्तानी प्रणली सुधार र वित्तिय स्थायित्व कायम गर्न बैंक सफल रहेको बताए ।

गर्भनर अधिकारीले आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ् प्रणालीको कर्जा असुली दबाबमा रहेकाले निष्क्रिय कर्जा अनुपात बढेको बताए । बैंक तथा वित्तिय संस्थाको क्षेत्रमा नीतिगत सुधार भएको उल्लेख गर्दै उनले कानूनी सुधारको सम्बन्धमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को संशोधन मस्यौदा तयार पारे संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

त्यस्तै बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनको मस्यौदा सरकार समक्ष पेश गरिसकेको बताए । विदेशी विनिमयको ऐन २०१९ भुक्तानी तथा फरसौट ऐन २०७५ र विनियमय अधिकार पत्र ऐन २०३४ मा पुनरावलोकन गरि संशोधन मस्यौदा तर्जुमा कार्य अगाडि बढाइएको उल्लेख गरे ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ शंसोधनसहित जारी गरिएको एवम राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजत तथा निरिक्षण नियमावली २०७७ मा पनि संशोधन गरिएको जानकारी दिए ।

गर्भनर अधिकारीले राष्ट्रिय तथ्यांक कार्यालयलाई आधार मान्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिदर चार प्रतिशत रहेको उल्लेख गरे । ‘यस अवधिमा औद्योगिक उत्पादनमा कमि आएको, आवास तथा भोजन सेवा, विद्युत, ग्यास, यातायात, भण्डारन क्षेत्रको उत्पादन उल्लेख्य रुपमा बढेको छ,’ उनले भने । समग्रमा चालु आर्थिक वर्षको वृद्धिदर ३ देखि ४ प्रतिशतको हाराहारीमा रहने सक्ने अनुमान रहेको उनले सुनाए ।

वार्षिकोत्सव समारोहमा आर्थिक वर्ष २०८०।८१ को आठ महिनामा कुल वस्तु निर्यातमा चार प्रतिशतले कमी आएर एकसय अर्ब ६२ करोड कायम भएको, आर्थिक वर्ष २०८०।८१ को आठ महिनामा कुल वस्तु आयातमा २.७ प्रतिशतले कमी आएर एकहजार ३० अर्ब २२ करोड पुगेको जानकारी गराइयो ।

आर्थिक वर्ष २०७९, ८० को वार्षिक लेखा परिक्षण कार्य ऐनद्धारा तोकिएको समयावधिभित्र सम्पादन भएको, आर्थिक वर्ष २०७९।८० मा बैंकको खुद आय ६० अर्ब ४ करोड रहेको र सोबाट बचत रकम २५ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय भए अनुसार अधिकांश रकम उपलब्ध गराइसकेको जानकारी गराइयो ।

नेपाल र भारतबीच सीमापार विद्युतीय भुक्तानीका लागि भारतको इपिआई र नेपालको एनपीआईलाई एकिकृत गर्ने प्रयोजन अन्तरगत बैंक र भारत रिजर्भ बैंकबिच नियमन र सहजीकरणका सर्तहरुबारे हस्ताक्षेर सम्पन्न भएको पनि जानकारी गराइयो ।

वार्षिकोत्सवको यस अवसरमा बैंकका उद्देश्य प्राप्तीका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका बैंकका सञ्चालक समिति, सम्पूर्ण कर्मचारी एवम शुभेच्छुकहरुलाई गर्भनर अधिकारीले धन्यवाद ज्ञापन व्यक्त गरे ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : १३ बजे