Logo

मुख्य समाचार

कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् : देउवा


१४ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउनेगरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको बताए । सभापति देउवाले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताए ।

उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने पनि बताए । देउवाले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने पनि बताए । उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट भएको बताए ।

सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  २ : ४१ बजे