Logo

मुख्य समाचार

अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन


१४ बैशाख २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।

साथै मन्त्रालयले त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ३१ बजे