Logo

मुख्य समाचार

पाल्पामा अन्तर व्यवस्थापिका भेला आज


१४ बैशाख २०८१, शुक्रबार  

0
Shares

पाल्पा । संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदैछ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले गरेको दुई दिने भेलामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका सभामुखहरू, उपसभामुखहरू र सचिवहरू सहभागी हुँदैछन् ।

प्रतिनिधिसभाका सभामुख घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसकेका छन् । भेलामा संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी रहेको लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन गर्दै भेला सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ०२ बजे