Logo

मुख्य समाचार

जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै


१४ बैशाख २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुने छ ।

जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा लेखन भइरहेको प्रवक्ता सुमनले जानकारी दिए । आजको बैठकमा ती प्रतिवेदनहरूमाथि समेत छलफल हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३७ बजे