Logo

समाचार

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ



काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवा सहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयले सेप्टेम्बर २५ देखि क्र्याकडाउनको अवधिमा त्यति ठूलो संख्यामा अनलाईन जुवाडे समातिएका जनाएको छ । तिनीहरूमध्ये ५६६ जना जुवाडेलाई परामर्श केन्द्रहरूमा पठाइएको छ । ती जुवाडे युवामध्ये कतिपय गम्भीरु अपराधिक कृयाकलामा पनि संलग्न रहेको पाईएको थियो भने केही त जुवाको लतमा परेर मानसिक रुपमै शिथिल थिए ।

७९८ हाईस्कुलका विद्यार्थी, २२८ मिडिल स्कूलका विद्यार्थी र सात विश्वविद्यालयका विद्यार्थी र दुई प्राथमिक विद्यालयका विद्यार्थीहरू पनि समावेश थिए, जसमा एकजना त नौ वर्षको उमेरमा १० हजार कोरियन वोनको सट्टेबाजी गर्ने सबैभन्दा कान्छो जुवाडे पनि संलग्न भएको पाइएको अनुसन्धान अधिकारीले खुलाएका छन् ।

धेरै माध्यमिक र हाई स्कूलका विद्यार्थीहरूले साथीहरूको लहैलहैमा लागेर जुवा खेलमा पल्किएको सुनाएका छन् । प्रहरीका अनुसार, तिनीहरू प्रायः स्मार्टफोन सन्देशहरू, अनलाइन र सोशल मिडिया विज्ञापनहरू मार्फत जुवा खेल्न पल्किएका थिए ।

प्रहरीले अवैध रुपमा सञ्चालन गरिएका हानिकारक सामग्री भएका अनलाइनमा नियन्त्रण गर्ने र जुवा सम्बन्धी अपराधहरू रोक्न प्रशिक्षण विस्तार गर्ने योजना बनाएको  जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ५८ बजे