Logo

समाचार

ट्याक्टरले किचेर एकजनाको मृत्यु



मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा बुधबार राति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१०, पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका–९, बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ५६ बजे