Logo

मुख्य समाचार

विवाहबाट फर्किइरहेका नौजनाको सडक दुर्घटनामा मृत्यु



काठमाडौं । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो ।

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा एक जना गम्भिर घाईते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १० : १९ बजे