Logo

समाचार

धादिङमा ट्रक खस्दा एक जनाको मृत्यु, ९ घाइते



धादिङ । धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ । भने, ९ जना घाइते भएका छन् ।

निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लैजाँदै गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : ०८ बजे