Logo

समाचार

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस


३० चैत्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।

शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ३३ बजे