Logo

मनोरञ्जन

‘जारी’को रेकर्डलाई पछ्याउँदै ‘महाजात्रा’



काठमाडौं । गत चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ । तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ ।

यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ । ‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईका फिल्म ‘शत्रु गते’ले बक्सअफिसमा १४ करोडको ग्रस कलेक्सन गरेको थियो । यो रेकर्डलाई ‘महाजात्रा’ले यसै साताबाट उछिन्ने करिब निश्चित भइसकेको छ ।

फिल्मका निर्माता दीपेश म्याक्स खत्रीले नयाँ वर्षको छेकोमा पनि फिल्मले राम्रो शो पाइरहेकाले चौथो साता अझ राम्रो व्यापार गर्ने बताए । ‘सबै हलतिर दर्शकको बाक्लो उपस्थिति छ । धेरै हलमा परिवारसहित दर्शकहरु फिल्म हेर्न आउनुभएको छ । यो साता पनि अझ राम्रो व्यापार हुनेमा हामी ढुक्क छौं’, उनले भने ।

फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, शिशिर वाङ्देल, दिव्य देव, राजाराम पौडेल, प्रविण खतिवडालगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १ : ५५ बजे