Logo

मनोरञ्जन

नेपाल चलचित्र संघका पदाधिकारीद्वारा पद बहाली



काठमाडौं । नेपाल चलचित्र संघका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । चैत १७ गते सम्पन्न ४९ औं वार्षिक साधारण सभाबाट नरेन्द्र महर्जनको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले सोमबार संघको विशालनगरस्थित कार्यालयमा पदबहाली गरेको हो ।

संघमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा वीरेन्द्र नारायण श्रेष्ठ निवर्तमान अध्यक्ष, गोपालकाजी कायस्थ प्रथम उपाध्यक्ष, कपिलप्रसाद द्वा द्वितीय उपाध्यक्ष, ओमप्रकाश जैसी तृतीय उपाध्यक्ष, सुरेन्द्रकुमार थापा महासचिव, दिप्रेश शाक्य उपमहासचिव र प्रज्जवल शमशेर जबरा कोषाध्यक्ष छन् ।

संघको कार्यसमिति सदस्यमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्दबहादुर शाही, छविराज ओझा, निरज गुप्ता, करण श्रेष्ठ, आशीष तामाङ, मिजास पोखरेल र महेन्द्रनारायण श्रेष्ठ छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २७ बजे